भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

देशका हामी माली / दैवज्ञराज न्यौपाने

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:51, 28 अप्रैल 2020 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


बाह्रै मास झुल्छ जहाँ सिर्जनाको डाली
यो देशका बाली हामी यै देशका माली ।

अग्ला चुली ह्यूँचुली छन् सयौँ शिर हाम्रा
पहाड र तराईका सयौँ फाँट राम्रा
थरी थरी फूल हामी एउटै छ नाउँ
नेपालको धर्ती हाम्रो हामी बस्ने ठाउँ ।

सबैलाई सम्झना छ सबैको छ चासो
देश हाम्रो सबैको हो भविष्यको नासो
एकै घरका जहानको सँगै हुन्छ थाली
सबै मिली काम गर्छौँ सबैको छ पाली ।

तानातानी गर्नु किन मेल गर्नु राम्रो
आखिरी यो देश भन्नु सबैको हो हाम्रो
मिलीजुली काम गरौं के हुँदैन यहाँ ?
बिरोधले बिगारेर बास बस्ने कहाँ ?