भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मन त कतै चोरिएछ / दैवज्ञराज न्यौपाने

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:00, 28 अप्रैल 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=दैवज्ञराज न्यौपाने |अनुवादक= |संग...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


यो बैँसालु वसन्तमा छाया मेरो छरिएछ
जतन गरी राखेँ भन्थेँ मन त कतै चोरिएछ ।

चोरी गर्ने को हो कुन्नि कतै किन देखिएन
हेर्दा सबै उस्तै लाग्छ आफ्नो भन्ने भेटिएन
सम्झन्छु म सबैलाई सम्झिएन माया किन ?
जतन गरी राखेँ भन्थेँ चोरिएछ त्यसै दिन ।

मनै न हो पिरोलिन्छ एकान्तमा त्यसै पनि
के भनेर दोष दिऊँ चोरी गर्ने यै हो भनी ?
कहाँ लुक्यो कुन्नि कता ? स्वप्नसम्म देखिएन
जतन गरी राखेँ भन्थेँ चोरिएछ त्यसै किन ?

आज पनि पर्खँदैछु फर्किएर आए हुन्थ्यो
सपनामा देखे पनि पर्खिएर पाए हुन्थ्यो
अझै पनि लुक्छ किन? छायाँसँगै छरिएछ
जतन गरी राखेँ भन्थेँ तै पनि त चोरिएछ ।