भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

म त्यस वेला पनि / दैवज्ञराज न्यौपाने

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:08, 28 अप्रैल 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=दैवज्ञराज न्यौपाने |अनुवादक= |संग...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

समय छाल बनेर बग्दैछ
म नदी किनाराको वृक्ष भएर अडेको छु;
कतिखेर, कुन दिन, अझै वेगको आँधी आउने हो
त्यतिखेर, म चूपचाप किनाराबाट उखेलिएर
कुनै गन्तव्यहीन यात्राका लागि
लक्ष्यहीन यात्री बनेर जानेछु;
त्यतिखेर मेरा हाँगा र पातहरूमा
कुनै स्पन्दन रहने छैन;
मेरा शाखा प्रशाखाहरूमा
कुनै चरा आएर बस्ने छैनन्;
पुतली रमाएर खेल्ने छैनन्;
छु भन्नुको अर्थ म र मेरो अस्तित्व
केवल सारहीन, अर्थहीन र महत्त्वहीन भएर रहने छ;
गल्दै र सड्दै गएका मेरा काण्डहरूबाट
म आफैँ विलीन हुँदै जानेछु,
कतै टाढा मेरो म, मबाटै बेग्लिएर
कुनै अर्को अस्तित्वमा पुनर्जीवित हुनेछ;
म त्यसवेला पनि आफ्नो अस्तित्वलाई सम्झिएर
आफ्नै अन्तरहरूमा खोज्दै रहनेछु ।