Last modified on 29 अप्रैल 2020, at 11:02

शहीदको कथा : गाइने दाजुसित / दैवज्ञराज न्यौपाने

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:02, 29 अप्रैल 2020 का अवतरण (' {{KKGlobal}} {{KKRachna |रचनाकार=दैवज्ञराज न्यौपाने |अनुवादक= |सं...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


१. र्यााइँ र्यााइँ सारङ्गीको आवाजमा
मुटुको कर्खा ख्याएर मात्रै
भोको पेट रोएर भरिन्न गाइने दाजु !
अधिकारका निमित्त संघर्षमा उत्रनु पर्छ
कर्तव्यको वेदीमा आफूलाई होम्नु पर्छ
मागेर लिइने मुठ्ठीहरूमा तिम्रा भोकहरू मेटिन्नन्
आऊ !
तिमीलाई एकपल्ट
आफ्ना शहीदका कथाहरू सुनाउँछु,
उसका जीवनका गीतहरू सुनाउँछु
यो संसार हो
यहाँ जीवन त्यति सरल छैन
जति जीवनका स्वीकृतिहरू छन्,
जति जीवनका सफलताहरू छन्,
त्यसभन्दा पनि बढी विरोधहरू छन्
यिनै विरोधहरूलाई मेट्न शहीद यहाँ ब्यूँझेथ्यो,
उ पनि नरोइकन रहन सकेन
काँडाहरू छलेर हाँस्न सकेन
तिम्रैजस्तो कयौँ पटक उसलाई पनि रुनु परेको थियो।

२. तर तन्देरीको आँसु आमाको काखमा अड्न सकेन,
हरियो सपना लिएर उ झर्योस भीर र पहराहरूबाट
उ बग्यो खोला र नागीहरूबाट,
अनन्त उत्साह र आशा भर्न चाहन्थ्यो उ
प्रत्येक सिर्जनालाई फूलजस्तै,
देख्नय चाहन्थ्यो उ
प्रत्येक सिर्जनालाई आफूजस्तै
यस्तैमा उ यहाँ आयो दिनको घामजस्तै
र उ यहाँ आयो रातको जूनजस्तै,
तर दिनमा दिनभर घाम रहेन
रातमा रातभर जून रहेन
अनि फर्कियो एक टुक्रा बादल
आफ्नो पानीलाई यहीँ छाडेर।

३. उ चाहन्थ्यो यहाँ सुन फलाउन
उ चाहन्थ्यो यहाँ हीरामोती फलाउन
अनि उ चाहन्थ्यो प्रत्येक मानिसलाई
मानिस भनेर चिनाउन,
तर संसार यत्ति मात्र छैन
संघर्षमा जीत र हारहरू हुन्छन्
शहीद यहाँ बाँच्न सकेन
तर बाँच्ने अधिकारहरू हामीलाई
दिएर गएको छ,
शहीद यहाँ हाँस्न सकेन
तर हाँस्ने क्षणहरू हामीलाई दिएर गएको छ,
त्यसैले भन्छन्-
संसार निष्क्रिय र काँतरका लागि होइन
ढुंगाको छातीभित्रै पनि कार्यको द्वार खुल्छ
बिहानको खापाभित्रै पनि परिश्रमको फूल फुल्छ,
शहीद जो यहाँ मरेर बाँच्न सक्यो
शहीद जो यहाँ हारेर जित्न सक्यो ।

४. देश, काल र परिस्थिको वेदीमा
आफू उदाहरण बनेरै पनि
आदर्श पाठ पढ्न सिक्यो
गाइने दाजु ! एकदिनको आँधीमा उ गयो
हाम्रो आँसुलाई हेरेर
एकदिनको झरीमा उ रोयो
हाम्रै बाटोलाई हेरेर,
म सम्झिरहेछु
गिठ्ठा खोज्दाका र खेत खन्दाका कथा,
म सम्झिरहेछु
भेडा चराउँदाका र गाई हेर्दाका कथा,
एकदिन चौतारीको छाहारीमा कसरी भनेको थियो
उसले एकमुठी माटो लिएर
'मेरो शरीर यही देशको यही माटो
अनि म चाहिँ यही देश'।

५. यसमा तिम्रा सपनामा मेरा सपना
मेरा सपनामा तिम्रा सपना
अनि तिम्रो आत्मामा मेरो आत्मा र
मेरो आत्मामा तिमी
अहा ! कति विशाल थियो यो भावना,
कति मधुर थियो यो आवाज,
तर यो भावना काममा मिलिनसक्तै
तर यो आवाज जनतामा पुगिनसक्तै
उ गयो नगई नहुने बाटामा
हामीलाई अधुरा सपनाहरू छोडेर,
उ गयो आँसु आँसुका दिनमा
हामीलाई अनन्त कामनाहरू छोडेर।

६. तर गएको छैन शहीद सित्तैँ वैंस गएझैँ
गएको छैन शहीद सित्तैँ भेल वगेझैँ,
सूर्यको प्रथम आलोकमा उसले
आफ्नो हातलाई फोएको हुन्छ,
निर्झरको प्रथम गुञ्जनमा उसले
आफ्नो गीतलाई छोएको हुन्छ,
सँधै सँधै पर्ने शीतमा उसले
आफ्नो देशको मायालाई पोखेको हुन्छ
रातपछिको विहानले उसकै सन्देश लिएर आउँछ
'यहाँ निर्माण गर्नु छ'
कोपिलाको मुस्कानमा उसकै उत्साह छाएको हुन्छ
'यहाँ पराग छर्नु छ'
प्रत्येक हावाको झोक्कामा
उ यहाँ आउँछ सास बनेर
प्रत्येक ऋतुको आलापमा
उ यहाँ आउँछ गीत बनेर
मेरो देशको छातीमा
शहीदको सपना फूलै फूल फुलिसकेको छ
मेरो देशको नदीमा
शहीदकै सपना पसिनै पसिना वगिसकेको छ,
तर पनि प्रत्येक चराले गाइसकेनन् उसको गीतलाई
प्रत्येक आँखाले देखिसकेनन् उसको हितलाई।

७. ए गाइने दाजु !
तिम्रो सारङ्गीमा आफ्नो दाजुलाई बोलाएनछौ
एक मुठीको निम्ति काली र झ्यापुलीको कथा
एकवासको निम्ति हुक्का र नलीको कथा
कति दयनीय छ तिम्रो आवाज
कति अधुरो छ तिम्रो आवाज
गाइने दाजु ! शहीदका अधुरा सपनाहरू भर्न
आऊ तिमी कर्खा ख्याऊ, म मादल बजाउँछु,
म कर्खा ख्याउँछु, तिमी मादल बजाऊ
पुत्रवियोगमा अतास्सिएकी आमाको
आँसु पुछ्न हामी दाजुका गीतहरू गाऔँ
उसले जीवनका पातपातमा बजाएका
भाकाहरू गाऔँ ।