कि दर्कियोस् पानी कि झुल्कियोस् घाम 
किन धुम्मिन्छ आकाश  
कति शङ्काहरू बोकेर 
एक्लै एक्लै पीडाहरू खपेर 
 
कति आश बटुली धर्तीबाट उठ्छ 
कति त्रास हुरीको छातीभित्रै खप्छ 
जब पुग्छ माथि निराश किन हुन्छ  
कति शङ्काहरू बोकेर 
एक्लै एक्लै पीडाहरू खपेर 
 
कति उदास छ धर्ती घामैको छ खाँचो 
कति उजाड छ बस्ती वर्षाकै छ खाँचो 
सबै मौन प्रश्न जवाफ खोजिरहन्छ  
कति शङ्काहरू बोकेर 
एक्लै एक्लै पीडाहरू खपेर