भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

हिँड्नुपर्छ अप्ठ्यारोमा बाटो खोजीखोजी / गीता त्रिपाठी

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:04, 3 मई 2020 का अवतरण (' {{KKGlobal}} {{KKRachna |रचनाकार= गीता त्रिपाठी |अनुवादक= |संग्रह=थ...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


हिँड्नुपर्छ अप्ठ्यारोमा बाटो खोजीखोजी
भिड्नुपर्छ जिन्दगीको लक्ष्य आफैँ रोजी
 
क्षितिजपारि डुब्ने घाम भोलि उदाउँछ
झल्मलाई जिन्दगीको अर्थ बुझाउँछ
रात परे गर्नुपर्छ नयाँ दिनको खोजी
भिड्नुपर्छ जिन्दगीको लक्ष्य आफैँ रोजी
 
फर्किआउन नसकिने जिन्दगीको बाटो
हिँडिसक्दा सून बन्ला पैँतालाको माटो
सत्कर्मले सन्तुष्टिको भरिदेला गोजी
भिड्नुपर्छ जिन्दगीको लक्ष्य आफैँ रोजी