भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

युद्ध सङ्ग्रहालय / सीमा आभास

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:08, 3 मई 2020 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

यही घरको भित्तामा पहिलो चोटि लेखेकी थिई मुक्तिको नारा
सग्लो सूर्यले नुहाएको तेज ल्याउँछु भनेर कसेकी थिई मुठ्ठी ।

छोरो डोर्याउँदै फेरि फर्केर आएकी छे छोडेर गएको घरमा ।

यो दस वर्षसम्म लगातार ऊ
समाचार बनी
घाइते बनी
योद्धा बनी
र, आमा पनि बनी ।

युद्धभरि यौटै झोलामा बोकेकी थिई आफूलाई
आज पनि यसैमा बोकिरहेकी छे
छोरोसहित आनो भोलि, आज र हिजो ।

युद्धताका यसैमा हुन्थे
बन्द गर्नुपर्ने स्थान, समय र सूची
सफाया गर्ने दुस्मनका नाम र फोटा
युवाहरुको गीत, गोर्कीकी आमा
माओ, माक्र्स, लेनिन र स्टालिनका तस्बिर
देशको अनुहार फेर्ने दस्तावेज र रातो किताब
युद्धले स्थापित राज्यको विधान र नक्सा
अनि थिए
युद्ध जितेको सपनाका झन्डाहरु
ए.के. फोर्टीसेभेन र अठार–महिने छोरा
छोराको दिसा पोको पारेका चकौटी, भोटा
सातुको पोको, दूध र पानीको बोतल ।


पिठ्यूँमा छोरो बोकीबोकी
चट्याङले खजुरालाई वज्र हानेझैँ
ढालेकी थिई वैरीलाई
सलाम ठोकेकी थिई सहादतप्राप्त साथीसँगीलाई
र, माटो चिमोटेर धसेकी थिई विजय उल्लास ।


उसको निधारमा विजय टल्कँदाटल्कँदै
फेरियो क्रान्तिको नारा
फेरियो ए.के. फोर्टीसेभेनको आकार
फेरिए युद्धमैदानहरु ।


कमान्डरले थन्क्याएको
साँघुरो सेल्टरमा खोज्छे
फराकिलो देशको चम्किलो नक्सा
देश खोज्दै हिँडेका नागरिकको हस्ताक्षर
योद्धाका हड्डीले लेखेको अकाट्य वाचा
सामूहिक चिहानका अज्ञात योद्धाहरुका हातको चक्र ।
स्कूलको नीलो छानो देखेपछि झल्झली सम्झन्छे
शिक्षकका गर्धनमा उद्याएका æबुर्जुवा शिक्षा” विरोधी तरबार
कोलको निबुवाझैँ निचोरिन्छे भित्रैसम्म
अनि डढाउँछे जीउ नै पोल्ने क्रान्तिकारी पोसाक ।

अनायास एक दिन आनो झोलाभित्र भेटी तासको गड्डी ।

तासका पत्तीमा थिए छुट्टाछुट्टै तस्बिरहरु
देशका, शहीदका, कामदारका, हत्केलाका,
सम्राटका खस्रा दाह्रीजुँगा दलिएर रगतपच्छे केटाकेटीका
जीउबाटै कपडा हराएका विचलित मान्छेहरुका ।

तासको उल्टोपट्टि लतपतिएको थियो आलो रगत ।

हतास फालिदिई तासको गड्डीसँगै झोला
समाती छोराको दाहिने हात ।
पहिलेकै ठेगानामा फर्किएर
लिपी मठ
रोपी तुलसीका बिरुवा
चोरीऔँलाले लेखी– ॐ ।

खोजी–
हिँड्ने बेलामा रछ्यानमा हुर्याएका
देउताका फोटा, प्रौढ शिक्षाका किताब
फिपी, बातीका मुठा, सलाईका बट्टा
घ्यू झिक्ने कर्काली ।
भूमिगत कार्यक्रमका तुल र ब्यानरको पर्दा बनाएकी छे झ्यालढोकामा
भात पकाउने गर्छे बम बनाउँदा उब्रेको कुकरमा
लुगा झुन्ड्याउने ह्याङ्गर बनाएकी छे एम्बुस थापेर बचेको तार ।

आँसु खसाल्दै ऊसँग संवाद गर्छ अचेल
अगाडि रिभल्भर र पिठ्यूँमा छोरो बोकेको
उसैको योद्धा तस्बिर ।

उसैले पढेको वर्णमाला अगाडि राखेर
आफूलाई मन परेको हतियार खेलाएझैँ
छोराको हात समाएर घुमाउँछे सिसाकलम ।

पोहोरसम्म प्रत्येक बिहान बन्दुक चलाएझैँ
हिजोआज
बिहानै पानी चढाउँछे तुलसीमठमा
नक्षत्र उभ्याएर आनै पैतालानेर
थाप्छे आना अधीर अँजुलीमा
घामका तेजस्वी थोपाहरु
ढ्याक्क गाडेर त्रिशूल
जप्छे गायत्रीमन्त्र
ओ...म् भूर्भुवः स्वः...