भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
आवाज हुँ म एउटा / गीता त्रिपाठी
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:01, 3 मई 2020 का अवतरण (' {{KKGlobal}} {{KKRachna |रचनाकार= गीता त्रिपाठी |अनुवादक= |संग्रह=थ...' के साथ नया पृष्ठ बनाया)
छेकिएर बाटो सबै यात्रामा रोकिएको
आवाज हुँ म एउटा पहरामा ठोकिएको
लक्ष्य आफ्नै बनाएँ बाटो पनि खनाएँ
गरेर लाख बिन्ति आफैँलाई मनाएँ
समेटूँ भन्दाभन्दै अझै धेर पोखिएको
आवाज हुँ म एउटा पहरामा ठोकिएको
बिरानो बस्ती माझ आफ्नो भएर आएँ
चाहना मनको सारा संसारलाई सुनाएँ
सजिऊँ भन्दाभन्दै हुरीमा छोपिएको
आवाज हुँ म एउटा पहरामा ठोकिएको