Last modified on 8 मई 2020, at 12:16

सारा दिन अरूलाई बाँडेँ / ईश्वरवल्लभ

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 12:16, 8 मई 2020 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

सारा दिन अरूलाई बाँडेँ, शायद ती रात मेरा
मेरा सुखहरू अरूको, शायद यी आँसु मेरा

बिर्सेर कहिलेकाहीँ दुई चार चोटी हाँसेँ
काँढाहरूलाई नाघी फूललाई म्वाई खाएँ
शायद ती गल्ती मेरा, शायद ती काँढा मेरा
मेरा सुखहरू अरूको, शायद यी आँसु मेरा

फूलको सुगन्ध पाउँदा कहीँ सुखको सास फेरेँ
डुबिरहेको बेला पराल समाई हेरेँ
शायद किनारा अरूको गहराइ शायद मेरा
मेरा सुखहरू अरूको, शायद यी आँसु मेरा