Last modified on 9 मई 2020, at 16:10

इस्कुल जान्छु टम् टम् टम् / युद्धप्रसाद मिश्र

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:10, 9 मई 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= युद्धप्रसाद मिश्र |अनुवादक= |संग...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

उठ्छु, पढ्छु कपडा फेर्छु
सफा सुग्घर भई ऐना हेर्छु
टिफिनसाथको झोला भिर्छु
स्कुल जान्छु टम् टम् टम्

थोरै खेल्छु, धेरै पढ्छु
पाठ नबिर्सी अघिअघि बढ्छु
नभई छाड्दिन म पनि फस्ट
कोभन्दा को छ र कम
इस्कुल जान्छु टम् टम् टम्

हिजो पढेको पाठ न बिर्सूँ
भन्दै मनले सम्झिरहन्छु
पुस्तकहरूकन माया गर्छु
जतनसाथ अनि भिर्छु कलम
इस्कुल जान्छु टम् टम् टम्

“नबुझिकनको सुगा रटाइ
कामै छैन” गुरुहरू भन्छन्
“पाठ नबुझ्ने लडकी” भनाउन
लाग्छ मलाई औधी सरम
इस्कुल जान्छु टम् टम् टम्