भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

भित्रका श्री ढलेको / युद्धप्रसाद मिश्र

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:31, 9 मई 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= युद्धप्रसाद मिश्र |अनुवादक= |संग...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

बुद्धीजीवी कहलाई महल महलका द्वारमा गै उठेका
दर्वारी बन्न पाए जुनि सफल हुने भ्रष्ट गठ्मा जुटेका
भित्री आँखा फुटेका अलिकति धनको पाइ हिस्सा लुटेका
सम्झी माथि उठेको अहम् बीच चढी तथ्यदेखि छुटेका

गर्नाले नीच वृत्ति नियति अधम भै भित्रका श्री ढलेका
कोठे विद्वान केवल बहुजनहितको भावनाले छलेका
देशैद्रोही भएको कटु अनुभवका पीर पोली गलेका
माथि माथि उठेका जनप्रतिनिधिका चित्तमा क्षोभ लेका

राखेको भै चलाई निशिदिन जीविका देशको घाउबाट
गर्थ्यो तिन्को जुनीले किन हृदय धुने ऐतिहासिक आँट
बुद्धीबल गिर्न जाँदा चरण कमलमा दासताले भिजेका
धोकाको मूर्ति बन्दै क्षुधित मनुजका गै मुटुमा बिझेका

गर्ने फोस्रो जमर्को झुपडीसित छुटी बन्न साहित्यकार
बुद्धिमत्ता गुमेका कमलबीच तुल्याई सडेका विचार
हाम्ले ती तत्वलाई दिनु छ पहिले ध्वस्त पारी उखाडी
ऐले हामी उठेका अभिनव युगको उर्लँदो बाढी आई