Last modified on 10 मई 2020, at 09:27

हाम्रो जमिन जिन्दावाद ! / विक्रम सुब्बा

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 09:27, 10 मई 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= विक्रम सुब्बा |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

अजायबघरको ईतिहासका परेलाबाट
परंपरागत विचारका धूलोहरू टक्टक्याएर हेर
इमानका आँखाबाट मोतियाविन्दु झिकेर पढ
किम्बदन्तीका नायकको सम्बाद गुन
उखानटुक्कामा टाँस्सिएका तथ्यहरू बुझ
मलामीहरूसँग रुँदारुँदै पडकिने बन्दुक, वा
चीताको लाशले पनि सुन्नेगरी कराउँने शंखध्वनी सून
सबैले एक स्वरमा भनिरहेछन् – हाम्रो जमिन जिन्दावाद !
इतिहासमा कसैसित नहारेको – हाम्रो मुलुक जिन्दावाद !!
काबेलीको सङलो र चखिलो धून सून
सिम्फोनीझैँ बगिरहेको तम्मरको थेबासाम्-सरगम सून
फाथिभरा, सिलौटी र लारुम्बाका
हवनकुण्डमा जाग्ने आगोका लप्काहरू सून
घूर्बिसे फञ्चमी र माइबेनी मेलाले गाउँने हाक्पारा सून
बुढा सुब्बाका अनुष्ठान र घण्टका उद्घोषहरू सून
माटोको मलिलो मन्त्र गाईरहेछन् – हाम्रो जमिन जिन्दावाद !
आजसम्म कसैले नजितेको – हाम्रो मुलुक जिन्दावाद !!
ओलाङचुङ गोलाको सेर्पाका दोचाको सास सूँघ
सक्रान्ती बजार र चुवानडाँडाका कुमाईका खैँजडी, र
म्यङलुङ या चौविसको च्याब्रुङको छाला सूँघ
रक्सेका राईको साकेला ढोल र बरबोटेका बाहुनको जनै सूँघ
बोर्नेका लेप्चा र झापाली ताजपुरीयाका परिस्रमी हात सूँघ
किसान, सतार र धिमालका निधार-पसिना सूँघ
अनेकथरि मिस्सिएर बनेको एक अद्वितीय सुगन्ध
सबैले सुन्नेगरी मगमगाईरहेछ – हाम्रो जमिन जिन्दावाद !
आमाको दूध र बाबुको रगत भिजेको – हाम्रो मुलुक जिन्दावाद !!
हाम्रा पूर्खाका असंख्य नलीहाड, खप्पर र गोलीगाँठाहरू
यहीँको माटोमा मिस्सिएर फस्फोरस भएकाछन्
चकमन्न आधारातमा अँध्यारो पनि मस्त निदाएपछि
कानका जाली हृदयहरू सबै एटेन्छेन् फालिम लगाएर
सून.. सून….
राँकेभूत भएर पनि हाम्रा पूर्खाहरू
आफ्नो जमिनको रखवारी गर्न जुलुस हिँडिरहेछन्
वतासका स्वच्छ लयहरुले पनि
रैथाने मुन्धुम गाईरहेछन् – हाम्रो जमिन जिन्दावाद !
ईतिहासमा कहिल्यै नहारेको – हाम्रो मुलुक जिन्दावाद !!