भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

हस्ताक्षर / भूपिन

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:33, 10 मई 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=भूपिन |अनुवादक= |संग्रह= }} {{KKCatKavita}} {{KKCa...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

नाङ्गै पैतालाको धुलोले
त्यहाँ मलाई एउटा हस्ताक्षर गर्ने रहर छ !

त्यहाँ अरु केके छ म जान्दिनँ
पर्खालभित्र
एउटा मांसहारी रुख छ
त्यसको फूलमा ज्यानमारा गन्ध छ
शताब्दीऔंदेखि
त्यही गन्धले
मेरा सपनाहरुको भोज खाएको छ

समयको बाढी पसेर
मलाई
त्यसको जरा उखेलिएको हेर्ने रहर छ !

समय जाम परेको सडकमा
त्यस नरभक्षी रुखलाई
अवतार मान्नेहरुको कुरूप भीड छ
लस्कर छ –
रुखको खुनी खुट्टामा
सस्तोमा टाउको चढाएर
घर फर्किने मुर्कट्टाहरुको
त्यसले मेरी आमाको कोखबाट खोसेर
एउटा उज्यालो युगलाई
मेरै अगाडि निर्लज्ज निलेको छ

एउटा हुरी आएर
मलाई
त्यसको फूल झारेको हेर्ने रहर छ !

मेरी आमाले गुमाएको समयको नाममा
रुख उखेलेर
त्यहाँ मलाई एउटा हस्ताक्षर गर्ने रहर छ

नाङ्गै पैतालाको धुलोले
त्यहाँ मलाई एउटा हस्ताक्षर गर्ने रहर छ !