Last modified on 10 मई 2020, at 21:20

आजभोलि किन हो तिमी / किरण खरेल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 21:20, 10 मई 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=किरण खरेल |अनुवादक= |संग्रह= }} {{KKCatGeet}...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

आजभोलि किन हो तिमी सपनामा देखिन छाडेकी
सँगै बसी गरेका कुरा हो कि खाली मलाई ढाटेकी

सपनामा तिमीलाई देख्छु सधैँभरी
जाने बेला भनी गयौ माया गरीगरी
कति निँद बितिसके तिमी भने आइनौ
कुहिरोको घुम्टो खोली शरमले च्याइनौ

बालकको खेल्ने घर हाम्रो प्यार हैन
जति जाऊ तिमी पर बिर्सने म छैन
शीतलाई सुताएझैँ फूलले छातीमाथि
तिमीलाई सम्झेको छु मैले मेरै साथी