Last modified on 18 मई 2020, at 10:41

फर्कन्न कैल्यै पनि / बद्रीप्रसाद बढू

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:41, 18 मई 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= बद्रीप्रसाद बढू |अनुवादक= |संग्र...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

फर्कन्छन् ऋतु बारबार प्रिथिवी घुम्दै नयाँ जीवनी
फर्कन्छन् रवि फेरि यै गगनमा भेटेर सञ्जीवनी
कैयौं आउँदछन् यहाँ दिनहरू फर्केर नौला बनी
यस्तै बैंस उमेर यै नव-कला फर्कन्न कैल्यै पनि //१।।

पानीका नव-छाल हेर तटमा फर्की यतै आउँछन्
फर्केलान् कति इष्ट-मित्र घरमा संझी पुराना दिन
फर्कन्छन् कति कोपिला कुसुमका फक्रेर नौला बनी
यस्तै बैंस उमेर यै नव-कला फर्कन्न कैल्यै पनि ।।२।।

जाडो याम घुमी शिशिर ऋतुको फर्की यतै आउला
फर्केला ऋतुराज चैत पछि नै चिल्ला नयाँ पालुवा
देखौंला वन भित्र कोकिल चरी फर्की यतै आउली
यस्तै बैंस उमेर यै नव-कला फर्कन्न कैल्यै पनि।।३।।