Last modified on 18 मई 2020, at 10:42

फुर्सद / बद्रीप्रसाद बढू

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:42, 18 मई 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= बद्रीप्रसाद बढू |अनुवादक= |संग्र...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


केही फुर्सद भैदिए म कविता लेखेर बस्ने थिएँ
साह्रा मर्म र भावना हृदयका पोखेर लेख्ने थिएँ
कोही आइदिए सुनाइ कविता काट्थें सुनौला क्षण
बन्दो हो हलुको ममा हृदयको ब्रम्हाण्ड नै शीतल//१//

निस्कन्थें घरबाट बाहिर कतै संसार बुझ्ने गरी
हेर्थें नित्य घुमी घुमी प्रकृतिको सौन्दर्यको माधुरी
बस्थें कोकिलको नजीक म कतै भाषै नजाने पनि
सुन्थें गायनको मिठास म सखे ! संसार पाए सरी //२//

डाँडाको चुचुरो पुगेर कहिले हेर्ने थिएँ टाकुरा
सेता शैल हिमालका शिखरका आकाशमा दूरका
मर्सयाङ्ग्दी तटमा बसेर कहिले हेर्थें बगेको जल
सुन्थें ध्यान दिई सुसाइ त्यसकै बग्दै गरी कल्कल//३//