Last modified on 18 मई 2020, at 10:51

नेपाल फर्कन्छु म / बद्रीप्रसाद बढू

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:51, 18 मई 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= बद्रीप्रसाद बढू |अनुवादक= |संग्र...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


केही काल बित्यो विदेशतिर नै नेपाल सम्झी घर यो मेरो मन नै उँडेर सजिलै पुग्दो छ आफ्नै घर
स्वप्नामा म बसेँ हिमाल नजिकै, चोखो सफा सुन्दर
माटो टप्प टिपी लगाऊँ शिरमा-मेरो यही मन्दिर //१//

अर्काको स्थलमा बिरानु म भएँ नेपाल सम्झी घर
यो मेरो मन नै उँडेर सहजै पुग्दै छ कान्तिपुर /
मेरो मानसमा बस्यो हिमचुली सेतो सफा टाकुरो
काटेँ वर्ष पुग्यो यहाँ हृदयले नेपाल सम्झी रह्यो //२//

सामुद्री तटमा म साँझ पखमा हिँड्दै बुझाई मन
हेर्दै ती जलका तरङ्गहरूका आवेगमा कञ्चन /
सम्झी ती दिलमा अथाह बहने तीता मिठा भावना
पोख्दै बस्छु यहाँ सुनी हृदयको आफ्नै मिठो धड्कन! ।।३।।

सम्झेमा पनि रुन्छु है विरहमा आमा तिमी छौ कहाँ ?
तिम्रै स्नेह र यादको लहरले तान्दै छ मेरो मन
केही काल बसी विदेश घरको मायाँ जगाईकन /
साँचो सत्य सधैँ सफा हृदयको नेपाल फर्कन्छु म॥४॥