Last modified on 19 मई 2020, at 13:32

भयले राज्य छाएको बेला सपना चोरिन्छन् / मञ्जुल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 13:32, 19 मई 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= मञ्जुल |अनुवादक= |संग्रह=दुई हरफ...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

दाजु
  
भयले राज्य छाएको बेला सपना चोरिन्छन्
पुछिन्छ सिन्दुर, चुँडिन्छ पोते, चुरा नि फोरिन्छन्
बलियो पार मनको मन्दिर देवलाई सम्हाल
आँसुको तेल हालेर धेरै त्यो शरीर नबाल
 
छोरा र छोरी बालक तिम्रा खोज्दछन् सिरानी
तिनका लागि तिमीले कैल्यै नहुनू बिरानी
मायाका न्याना हातले समाई छातीमा टाँस है
जनमका जनम नटुट्ने नाता तीसँग गाँस है
 
मनमा दुःख खप्टिँदा थुप्रै खुम्चिन्छ निश्वास
दुःखको बेला चाहिन्छ, बुझ्यौ बलियो विश्वास
टुटेमा तिमी टुट्दछ तिम्रा बालकको संसार
संसारलाई डोर्या्ऊ बाबा तिनकै अन्सार ।