भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
नखोले ढोका पस्दैन घाम छिर्दैन बतास / मञ्जुल
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 13:42, 19 मई 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= मञ्जुल |अनुवादक= |संग्रह=दुई हरफ...' के साथ नया पृष्ठ बनाया)
उज्यालो
नखोले ढोका पस्दैन घाम छिर्दैन बतास
बिरानो हुन्छ आँगनी छेउको फूलको सुवास
दिनमा घाम छ, रातमा जून छ, फूलमा बतास छ
करूणा बोकी जो ज्यूँछन् तिनमा अपूर्व साहस छ
तिमी त बस्छ्यौ पालेर भ्रान्ति अँध्यारो कुनामा
आफूले आफ्नै जिन्दगीलाई राखेर थुनामा
बाहिर आऊ खोलेर ढोका, बोकेर विश्वास
जिन्दगीलाई जिन्दगी दिने फेरेर निश्वास
एक्लिँदै गए, टाढिँदै गए हुन्छ्यौ नि निरास
रिंगटा लागी, अन्योल जागी हतासै-हतास
राधा र कृष्ण अमर जोडी बनायो मायाले
तिनैको पनि बितेथ्यो जीवन घाम र छायाले
सुख नै मात्र खोजेर बसे दुःख नै दुःख छ
दुःखमा पनि सुख देख्न सके सुख नै सुख छ ।