Last modified on 19 मई 2020, at 13:44

आरति बाल्न सलेदो हुनु जीवनको धर्म हो / मञ्जुल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 13:44, 19 मई 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= मञ्जुल |अनुवादक= |संग्रह=दुई हरफ...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

उज्यालो
  
आरति बाल्न सलेदो हुनु जीवनको धर्म हो
मान्छेमा माया, मान्छेमा विश्वास धर्मको मर्म हो
 
नफुटे धरा, नपरे चिरा देखिन्न झरूवा
नछेडी छाती, नपारी घाउ उमि्रन्न विरूवा
पीडा हो पीडा मानिसलाई ईश्वर सम्झाउने
सत्कर्म गर्न, करूणा भर्न सत्पथ देखाउने
 
अमृत भनी दिएको विष नपिउनू तिमीले
सङ्घर्षबाट विमुख हुँदा सराप्छ जिमीले
फुकाई जानू दुःखका गीत नराख्नू पोल्टामा
प्रशंसा गर्दै दिएमा फूल सिउरनू चुल्ठामा ।