Last modified on 19 मई 2020, at 13:45

निदरी मीठो भैदियो भने टुट्दैनन् सपना / मञ्जुल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 13:45, 19 मई 2020 का अवतरण (' {{KKGlobal}} {{KKRachna |रचनाकार= मञ्जुल |अनुवादक= |संग्रह=दुई हरफ...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


उज्यालो
 
निदरी मीठो भैदियो भने टुट्दैनन् सपना
पीरका भीर नबोकी आउँछन् अपूर्व विपना
 
मानिस भई मानिस छुने प्रेमलाई अँगाले
अस्पष्ट सबै स्पष्ट हुन्छन् विश्वासले सँगाले
आशाको मीठो सल्कायौ ज्योति दिलको अन्तरमा
किरणले पुछे निराशा जम्ने कुना र कन्तरमा
 
संसार हेर्नू खोलेर ढोका उज्याला आँखामा
गाउनू गीत यो मन खोली डाँडा र पाखामा
मानव जीवन ढकमक्क फुल्ने फूलझैँ सजाई
बाँच्नेछ्यौ तिमी जुनीका जुनी पिरती रचाई ।