Last modified on 27 मई 2020, at 09:29

क्रोधका विषयमा / उमानाथ शर्मा पोख्रेल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 09:29, 27 मई 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=उमानाथ शर्मा पोख्रेल |अनुवादक= |स...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


दन्क्यो जहाँ धधकधक् गरि खूब आगो ।
सारा तहाँ डरहुने गरि भस्म जागो ।।
तेस्तै प्रचण्ड रिसले जब लाल आँखा ।
पार्यो कि संझ सब सद्गुखण लाग्छ पाखा ।।११०।।

यो जानि शान्ति जल विन्दु हरु फिंजाई ।
त्यो क्रोध बन्हिकन झट्ट वहीं निभाई ।।
त्यस्को विचार परिणाम सबै पछीको ।
पर्नेछ नत्र पछुताउ वडो ननीको ।।१११।।

जस्को छ हातबीचमा दृढ शान्तिदण्ड ।
तेस्को कदापि परदैन न जाति खण्ड ।।
तेस्को समस्त जनमा जय हुन्छ नामी ।
त्यो लोक मोहकर शस्त्र समाउँ हामी ।।११२।।