Last modified on 5 जून 2020, at 15:46

जिन्दगी जस्तो हेर्नुस् न ! / ज्ञानुवाकर पौडेल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:46, 5 जून 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=ज्ञानुवाकर पौडेल |अनुवादक= |संग्...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

जिन्दगी छैन अचेल जिन्दगी जस्तो हेर्नुस् न !
मान्छे भो आज कति सस्तो हेर्नुस् न ! !

सामाजिक अभिशापका यी क्रूर श्रृङ्खलाहरू रोपे कल्ले ?
सुनेर पनि सब गर्छन् नसुने जस्तो हेर्नुस् न !

कुरा चपाउँछन्, कोही यहाँ खुट्टा तान्छन्
दुनियाँमा हुन्छ अन्त कहीँ यस्तो ? हेर्नुस् न !

बाँचियो जिन्दगी खूब मजाले भोगियो पनि
जिउनुको स्वाद तर कति निस्तो हेर्नुस् न !

छातीमा आज यो पुरानो चोट बल्झेर फेरि
कहिल्यै बिसेक नहुने घाउ भो कस्तो हेर्नुस् न !