Last modified on 12 जून 2020, at 10:29

जीवित राख्न यो दुनियाँ / सुमन पोखरेल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:29, 12 जून 2020 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

जीवित राख्न यो दुनियाँ
मैले बाँच्नु छ सँधै यहाँ

न हिजो थियो केही
न हुनेछ भोली यहाँ
म छु र जीवित छ संसार
म छुइनँ त के छ यहाँ

जे छ वरिपरि छ
म घुम्दछु जहाँ जहाँ
छुइनँ म जुन ठाउँ
छैन केही नै त्यहाँ

दुनियाँको जग थाम्ने
एक शक्ति केवल मैँ हुँ
हिम्मत छोडे मैले
रहन्छ संसार कहाँ?

न दु:ख छ कहीँ कतै
न खुसी छ म नहुँदा
जे छ सबै मैमा छ
नत्र कहाँ छ दुनियाँ?