जीत त हुन्छ प्रेमको, तरवार र गोलीको हुँदैन
स्वजनको रगत कहिल्यै वीरताको टीको हुँदैन
जलाऔँ आफ्नै बस्ती हामी यहीँ बस्नुपर्छ
जलेको घाउ पुर्न फेरि बर्सौँ खट्नु पर्छ
धर्तीमा लागेको घाउ सहजै निको हुँदैन
स्वजनको रगत कहिल्यै वीरताको टीको हुँदैन
पौरख खोज्दछ धर्ती पौरखी नै ढालेर के मर्नु
पसिना माग्दछ माटो रगत बगाएर के गर्नु
आपसको लँडाइमा ढलेको लास बैरीको हुँदैन
स्वजनको रगत कहिल्यै वीरताको टीको हुदैन