Last modified on 12 जून 2020, at 10:29

बन्दुक बोक्ने हातहरू / सुमन पोखरेल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:29, 12 जून 2020 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

बन्दुक बोक्ने हातहरू एकछिन बन्दुक बिसाऊ
आऊ एकछिन घरमा सघाउन आऊ

म त यता मेलामा छु तिनले खै के खाए
किताब बोकी नानीहरू शायद पढ्न गए
खाजा ख्वाउन आऊ, आऊ पढाउन आऊ
आऊ एक छिन घरमा सघाउन आऊ

धान रोप्ने बेला भयो बाउसे कोही छैन
कोदो गोड्नु पर्ने थियो कोही खेतला छैन
धान रोप्न आऊ, आऊ कोदो गोड्न आऊ
आऊ एकछिन घरमा सघाउन आऊ

अरूले त आफ्ना बस्तु वनमा चराउँदैछन्
हाम्रा भने गोठमा ती भोकले कराउँदैछन्
कुँडो दिन आऊ, आऊ घाँस काट्न आऊ
आऊ एकछिन घरमा सघाउन आऊ