Last modified on 21 जून 2020, at 09:26

निरमायाको सम्झना / ईश्वरवल्लभ

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 09:26, 21 जून 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=ईश्वरवल्लभ |अनुवादक= |संग्रह= }} {{KKCatG...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


निरमायाको सम्झना नदीजस्तो लाग्छ
किनारहरू छोडी एक्लै कहाँकहाँ भाग्छ

सुनगाभाको तन हो कि मन झरनाको
बैरीले हेर्थ्यो दर्पण आफ्नो लहनाको
शिखरमा राता किरण जब अल्झिदिन्छ
उसले माया मारे पनि माया उसकै लाग्छ

बादलले छोपिदिँदा जुनेलीको दायाँ
मनको गहिरो सागरमा अल्मलियो छाया
मझेरीमा बास बसी साइनो लगाई जाने
बिर्सिएको गीत लिन आउँछ जस्तो लाग्छ