पंक्षी सबै उडी गए
जब सुक्यो उकालीको वर हजुर
वैरागी यो मनलाई
कहाँ परदेश कहाँ आफ्नो घर हजुर
साँझ उस्तै बिहान उस्तै दिन पनि कालो
कहीँ गई छोपिँदैन दुख्ने घाउ आलो
समाउने हाँगो छैन
छैन कतै टेक्नेलाई भर हजुर
लाखौँ मान्छे संसारमा
तर आफ्नो भन्नु को नै छ र हजुर !
आफू भलो जगत भलो भन्थे बूढापाका
सबैलाई विश्वास गर्दा किन हुन्छ धोका
विपत्तिमा एक्लो छोडी
तर्की जान्छन् सबै परपर हजुर !
लाखौँ मान्छे संसारमा
तर आफ्नो भन्नु को नै छ र हजुर !