भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

शीर्षकविनाको एउटा कविता / रमेश क्षितिज

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:32, 23 जून 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=रमेश क्षितिज |अनुवादक= |संग्रह=घर...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


बन्दीगृहको सानो झ्यालबाट
गोधूलीमा हेरिरहेको छ एक युवक
पश्चिम पहाडतिर झर्दै गरेका घामका कलिला किरणहरू

चुँडिएको छ बज्दाबज्दैको गितार
तारले काटिएर औँलाबाट चुहिरहेछ रगत भुइँमा
तर हावामा अझै बाँकी छ झङ्कार

जेब काटिएको कुनै तिर्थयात्री
निरुपाय उभिएको छ सडकको पेटीमा
र छुट्ने समय भएको सङ्केत दिएर
बजिरहेको छ हर्न बसबाट

शव्दले मागेजस्तो सङ्गीत नभेटेर बिग्रिएका
आफ्ना गीतका एक एक अन्तराहरू सम्झिदै सम्झिदै
घरतिर फर्किरहेको छ उदास गीतकार

जिल्ला प्रशासन कार्यालयको एउटा कोठामा
धर्मपुत्र राख्ने बिदेशीलाई
राजीखुशीले आफ्नी तीन वर्षे छोरी दिएको कागजमा
सहीछाप गर्दैछ एक दुब्ली निरक्षर स्वास्नीमान्छे