ओराली ओर्ली उकाली चढ्दै, द्यौरालीद्यौराली नाचेर !
पानीको मूलमा खेल्दै, ढुङ्गेनढुङ्गेन हिँड्नु त हो उसको भाग्य
बामे सर्दै खु्यय खु्यय गर्छ नेपाले पत्र हिँड्ने बेलामा,
आफू हिँड्दैन अरुले बोक्नुपर्छ त्यसलाई !
सुनकोसी होस्, दूधकोसी तरेको त देखिन्छ
पानी आफू तर्दैन, तर अर्काको पीठ चढेर–
त्यसबीच तुइन डुङ्गामा कति तर्नुपर्छ कति !
नागी, तुइन, अकर, विक्रान्त सबै छोएर बल्लतल्ल पुग्छ पत्र !
बाबुले पुत्रलाई लेख्छ, पुत्रले बाबुलाई लेख्छ–
एवम्क्रम सैलुङबाट लेख्षे पत्र, माधुरीमा
आइपुग्यो प्रशान्तपुर खसुसीको लहरलहर,
नीरकान्तलाई सञ्चै छ, माधुरीलाई राम्रो लाग्यो पत्र पाउँदा !
इङ्लिस न फ्रेन्च,
पसब मन छुने न रञ्जना,
पुत्रले बाबुलाई होइन पुत्रले मातृलाई
सैलुङबाट एक लेखेछ पत्र चिट्ठीमा ल्याइपुर्याएको
मन, कागजमा आइपुगेको चित्र, कागजमा आइपुगेको खुशी,
नीरकान्त्को कुरा छिन्न आउँदाको रीतभाँत सगुन भित्रिएको,
त्यो खुसी पामनले नथापे कसले थाप्छ ! केटी माग्नु त आमाबाबुले
पर्छ, त्यही भयो हुनुपर्ने, भयो एक आमासँगै हुनुपर्ने त्यो
नीरकान्तको भाग्यमा थिएन, पृथ्वीमाताको अभाव भने
धरातलमा खुट्कोकै रुपमा बस्यो दुवैमा त्यस्तो बस्यो दुवैमा त्यस्तो
अभाव कतै भएको छैन पृथ्वीतलमा घटित
भयो– सैलुङमा ! न माधुरीले न
पामनले यस्तो सुरुआत
सोचेको थियो,
यस शताब्दीमा––आमा हुँदाहुँदै छोरो टुहुरो भएको कथा
बाफिलो मन हुँदा नेत्रले पत्र पगाल्यो, सैलुङ हुस्से आएर
बीचबीचमा आएर परेला रुमलिदिन्छ, बाफले छेक्छ !
तुइन र साँगुका कठोर कैदबाट मुक्त
प्रशान्तपुरसम्म आएको पत्र खोज्द्या
मयालाग्दो छ छुँदा मन थाम्न दिँदैन पढ्न
पढ्दा तो त बिर्सने बैगुनलाई सैलुङले
पुनः पठाएको पत्रले तस्बिर खिच्यो, मन खिच्यो
छोरोले माहुर खेलेको, सुपारी खेलेको– गीतले खेलेृको ।
अब त मन रुन्छ, पहाड भनेपछि, तन पुग्दैन,
जहाँ तन पुग्छ, त्यहाँ मन पुग्दैन,
जहाँ मन पुग्छ, तर तन जाँदैन,
हात्ती पहाड चढ्दैन कतै हात्ती पुग्दैन भने
त्यहाँ माधुरी पुग्न असमर्थ छे
नीरले केटी ल्याएछ, सम्झना मात्र हो चिट्ठी त
एक माताको कर्तव्य सम्झेर !
रीतभाँत जे गर, नीरले ल्याउछ !
आफ्नै रङ्ग मिलाएर ल्याएछ, आफ्नै बानाकी केटी छ
रीतभात् र ढङ्ग– पामनको जस्तै मिल्ने,
अर्ती काटेनछ, काट्नु पनि हुँदैन
––बाबुको वाक्य––– छोरोले काट्नु हुन्न
––बुद्धिमान रहेछ अर्ती काटेन––कुन आमाको छोरोले !
लेखेको पत्र
पढ्छे पट्याउँछे,
लेखेको पुनः पढ्छे, जति पढ, जति
माया पोख, सिँच, स्नेहले सिँच जति तिम्रो
नातिको स्नेह छ, मायाको पाउला त्यसैमा
चढ्छ जति तिमी माया दिन्५्यौ, थरीथरीका आमा हुन्छन्, मलाई विशवास छ तिमी माया गछ्र्यौ, माधुरी रोई सैलुङ पुगेर नबिर्सिई आमासम्झेर बरा ! जति अक्षरमा भ्याउन सक्यो, लेख्यो पृथ्वी–
जति ठूलो माया दिनु दिँदा, समुद्रजति विशाल माया दिनु
दिँदा आकाश–धरतीजति धेरै
सानुलाई अँगाल्न–––
आमा छैन, बाबु छैन–––कोही छैन बरा ! उसको
तिम्रै मासुको अंश हो माथा चुम्नू आँखा पुछिदिनू रोयो भने
बजुको दयाले–––छैन नसुनाइदिनू
छैन भन्ने शब्द नसुनाइदिनू
अर्को तर्न नसक्ने भवसागरमा बाबु डुब्यो– नभनिदिनू,
सागर गहिरो हुन्छ सुनेको थिएँ
नारी–सागर सबभन्दा झन् गहिरो– पौडन जान्दिनँ ।
मुन्टो जताजता टेक्छ चिचिलो त्यहीँत्यहीँ झुल्छ,
राहुल कमलो छ, जसको छाया नजिक हुन्छ त्यहीँ झुल्कन्छ
प्रेम मेरा कर्मपिता हुन् ! सेर्पा पामन जनमपिता
दुवैमा यो शिशु विनीत छ–– सदा विनीत रहन्छ,
जन्मदाताले धरती दिए, कर्मदाताले मर्ग दिए–
एक सेर्पाले के खोज्छ शिखर खोज्छ, पर्वत उचाल्छ, अति उच्चता रोज्छ
बरु बाचा नै गर्दैन गर्यो त गरेको अठोट मरी गर्छ छाड्दैन
कर्मपिताको नासो छ छाड्दैन
जो आफ्नू लागिमभ्दैन– स्वार्थको लागि भन्दैन
अर्काको लागि भन्छ अर्काकै लागि मर्छ, त्यो सेर्पा हो
त्यो देश हो र त्यो हाम्रो माटो हो, स्वर्गको लागि मर्छ
म फर्कन्छु प्रशान्तपुरलाई स्वर्ग रच्न
हातको चिट्ठी फेरि चोलीमा राखी रोई–
अचेल त्यसले नातिलाई छावा दिएकी छ,
खेल्ने भनेर सानो घोडा दिएकी छ–
सैलुङ आग्रह भुल्न नसकेर नातिमा
त्यतिले पुग्दैन, त्यतिले पुग्दैन !
अझ राहुललाई छाते र सुसारे दिएकी छ
चिट्ठी आएको छ तातो मुटुले छोइदिनू, तातो ओठले डामिदिनू,
सधैं विचारको सगरमाथा चढ्ने बनोस् सानु सेर्पा
कर्मको अन्नपूर्ण उक्लोस्, गौरीशङ्करको अस्मिता चढोस्,
चढ्दा कहिल्यै ढलपल नहोस्
राहुलको–– छैन नभनिदिनू– सैर्पाको कोही छैन नभनिदिनू
–––नचोइटियोस्–––टुहुरो,–––नाता––टुट्ने नहोस्
चिट्ठी पढ्दा ! पत्थरमा पनि ठूलो भक्कानु फुट्छ
नीरकान्त्को अक्षरमा त्यस्तै छमवाधुरीको कमलो छातीमा फुट्छ
सम्मानिनीको परेलीमा दुई थोपा डबडब भो, कसमा पोख्नु ?
सामुन्ने राहुल पुत्र– यत्रतत्र छरिएको छ, खेलेर
माधुरी प्रतीक्षाप्रतीक्षामै छोरो भेट्न उत्सुक प्रशान्तपुर छे,
अघिजस्तै थ्याच्च ! बरन्डामा बस्दै पुनः पत्र पढ्छे–