फूलभन्दा धेरै मैले तिमीलाई नै चाहन लागेँ
माया हो कि मोह हो कि काँडाहरू सहन लागेँ
बादलको भुवा बन्दै बहकिन खोजेकै हुँ
माथिमाथि आकाशमा हराउन खोजेकै हुँ
अञ्जुलीमा नदी लिई सागर खोज्न जान्छु भन्दै
कतै कुनै विरानीमा एक्लो गीत लाउन लागेँ
मन भनेको पन्छी रहेछ जतासुकै उड्दोरहेछ
पाखा, वन, पखेरोमा रनभुल्ल पर्दोरहेछ
इन्द्रेनीका रङ्गहरू क्षितिजमा गन्न लागेँ
झन् टाढा जान्छु भनेँ, झन् नजिक आउन लागेँ