भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

चिरप्रेमी / गोपाल सिँह नेपाली / कुमार घिसिङ

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 18:48, 1 अगस्त 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=गोपाल सिंह नेपाली|गोपाल सिँह ने...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

(११८)
रात भइरहेथे, घर – घर सुतिरहेथे।
चाँदीको जलले वनको आँचल निर्झर धोइरहेथे।।
तरु – पल्लव – दलको मृदु घरि – घरि मर्मर हुँदते।
आज पपीहा आफ्नो सुध-बुध गाई – गाई हराउँदथे।।

(११९)
चाँदी गरेर गिरिदेखि सरितामा जाँदथे।
सट्टामा गिरि वनकुञ्जलाई कल -कल दिँदथे।।
उफ्री – उफ्रा, कुदी – कुदी सागरमा जाँदथे।
धेरै दिनदेखि छुट्टिएको तटिनी अब घर पुग्दथे।।

(१२०)
पर्वतको अग्लो शिखरमा पीपलको तरुवर थियो।
मधुर स्वप्नमा लीन जहाँ चरी दलको घर थियो।।
तर कुनामा अझ पनि जागिरहेको एउटा पोथ्रा थियो।
जहाँ जीर्ण तनको एउटा खग, अन्तिम सासमा थियो।।

(१२१)
भरी आएथ्यो अश्रु नयन पुलकित – प्रमुदित खग थिए।
क्षण – भरका निम्ति अब उसको हितमा यो जग थियो।।
त्यस दुनियाँमा अब तुरन्त हिँड्नलाई पयर थिए।
जहाँ प्रेम थिए अमर, सदा नै जग त्यसले जगमग थियो।।

(१२२)
सँगमा थिए बुलबुल रानी, बसेकी थिइ वनरानी।
दुवैका नीला आँखामा भरिएका थिए अश्रु – पानी।।
खुले अनुहार पाई राजालाई, हाँसिन् तब रानी।
यतिका दिनका ती तपस्विनी भई आज फेरि रानी।।

(१२३)
भनी रानीले – “मेरो राजा, जाऊँ न नन्दनवनमा।
जहाँ प्रेमले क्रीडा गर्दथ्यो बितेका जीवनमा।।
तरुवरका अगला महलहरूमा, पातहरूका आँगनमा।
कस्ता थिए ती दिन, सोच त प्रिय! आफ्नो मनमा।।

(१२४)
तिमी छौ जहाँ – तहाँ रुँदछ नन्दनवन भई बियोगी।
छ त्यहाँ ‘धन’ तर यहाँ तिमी छौ सारा धनको भोगी।।
त्यस उजाड वनको अब फेरि सुन्दर रचना होला।
जाउँ न बुलबुल तिमी पनि मसँग केही दिन सँगै बसौंला।।

(१२५)
किन नजानु है रानी, यो जनम – जनमकी दासी।
हुनेछ सुखले रेत – निवासी नन्दनवनका वासी।।
पात – पातमा छटा मनोहर जहाँ स्वर्ग – सुषमा जस्तै।
म ता स्वयं प्यासी छु, यस्तै जगको वन जस्तै।।

(१२६)
सुनेर दुवैको मृदु वाणी, झरे सिन्धु नयनमा।
देखेर मीठो झलक स्वप्नका तरुको पर्ण – शयनमा।।
देख्न लागे गत मृदु जीवनका तस्वीरहरू क्षम – क्षणमा।
जागी उठे उद्गार देहमा पुलकित तन – तनमा।।

(१२७)
भने राजाले – “यहाँ हाम्रो सुरभित नन्दनवन छ।
तथापि जीर्ण छ, सारा तन, तैपनि हाँसिरहेको मन छ।।
प्रिये! जहाँ तिमी बसेकी छौ, त्यहीं स्वर्गको धन छ।
जहाँ प्रेम छ, त्यहीं सदन छ, प्रेमी त्यहीं मगन छ।।”

(१२८)
“जब थिएँ अन्ततिर, तब छटपट लाग्दथिए।
यस जीवनको एक – एक पल वर्षहरू झैं लाग्दथिए।।
पीड़ाले यो तन जीर्ण थियो, मनमा दु:ख थिए।
रुनु नै थियो जीवन मेरो, आँसु हरदम झर्दथे।।

(१२९)
तर अब ता हाँस्दछ यो मन, सदा हाँसिरहनेछ।
आशा छ, अब फेरि वियोग झैं दर्द न आउनेछ।।
सुनी – सुनी प्रेम – चरी मृदु वाणीमा आफ्नो कुरा भन्नेछ।
वनमा पाखुरा बाँधी नेहका निधिमा सदा बग्नेछ।।

(१३०)
जान सक्तिनँ त्यहाँ अब रानी, म भएँ तनको रोगी।
जानेछ असली नन्दनवनका, नन्दनवनको भोगी।।
जानु छ अब योग साधन, प्रेम योगको योगी म।
गला मिलाऊ अब रानी, भेट हुनेछु त्यहाँ नै म।।

(१३१)
“यति भनी आँखा चिम्ली, गए स्वदेश बटुवा त्यो।
कराई उठी रानी घायल भई – “छोड़ी गए मलाई पनि।।
कहाँ गयो ए मेरो राजा, जीवनधन, मन – मोही।
“के अपराध गरें मैले, यसरी गयौ निठुरी तिमी।।

(१३२)
बोल्न नसकी अट्क्यो कण्ठ, बन्यो जलको धारा।
गला मिलाई त्यहीं सुत्यो, बोलेन फेरि मुखद्वारा।।
बुलबुलले देखे आँखाले, छोड़िगएको जग यो सारा।
रहनेछ त्यहाँ सदा चिर – प्रेमी, जहाँ हुनेछ प्रेम प्यारा।।