Last modified on 1 अगस्त 2020, at 21:42

गाउँमा कविताहरू २२ / रेमिका थापा

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 21:42, 1 अगस्त 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=रेमिका थापा |संग्रह=गाउँमा कविता...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

युद्धले मासिदैन गाउँ ।

दर्प भनेको खुकुरीको धारसम्म अडेको
कोरा इतिहास हुँदैन
गाउँमा !

शौर्य भनेको
शीतको छोइने पाइन चढेको
उज्यालो हुन्छ
गाउँमा।

दु:खहरूले मर्दैन गाउँ
दु:खहरू सह बोलाउने
मिहिन दानाहरू हुन्छन्
बूढो ओखती हुन्छ
आफै गाउँ !