Last modified on 1 अगस्त 2020, at 21:42

गाउँमा कविताहरू २४ / रेमिका थापा

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 21:42, 1 अगस्त 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=रेमिका थापा |संग्रह=गाउँमा कविता...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

गाउँ नि:शब्द बस्न सक्छ
समाधिजस्तो

शिशिरमा तुँवालोको खैरो बर्कोभित्र गाउँ
चुपचाप बस्नसक्छ

एउटा विचार
एउटा आस्था
एउटा विश्वासलाई साधेर
चेतनाको यो विराट् सन्धानमा बस्नुसक्छ !

यसबेला,
एक एक पल
असहनीय पिडाको तप्कना खसेर
जिन्दगीको एक एक कणलाई ओसमय
बनाइराख्छ

त्यसपछि आस्थाको करुणामय उज्यालोले
तुँवालोको खैरो पर्दा च्यातेर
शिशुजस्तो एउटा दिन जन्मन्छ
त्यसपछि हेर्नु,
लटरम्मै फुलेको आरुको बोट !