भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

लोकतन्त्र / ल्याङ्ग्स्टन ह्यूज / सुमन पोखरेल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:22, 20 अगस्त 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=लैंग्स्टन ह्यूज़ |अनुवादक=सुमन प...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

आउँदैन लोकतन्त्र
आजै, यसै वर्ष
वा कहिल्यै पनि
यी बाध्यताले गरिएका चित्तबुझाइ र त्रासहरूका बीचबाट।

आफ्ना दुई खुट्टामाथी उभिने र
टेकेको माटालाई आफ्नो भन्ने
त्यति नै अधिकार छ मेरो
जति छ अरूहरूको।

वाक्क भैसकेँ म
पख, सब बिस्तारै ठिक हुन्छ
भन्नेहरूका कुराले।।
भोली अर्कै दिन हो,
मरिसकेपछिको स्वतन्त्रता चाहिएन मलाई
भोलिको गाँसले बाँच्न सक्दिनँ आज म ।

स्वतन्त्रता
ठूलो खाँचाले रोपिएको
एउटा भरिलो बीज हो।

यहीँ छु म पनि
स्वतन्त्रता चाहन्छु
तिम्रैजस्तै।