Last modified on 20 अगस्त 2020, at 16:35

उनलाई फेरि भेट्न / गाब्रिएला मिस्ट्रल / सुमन पोखरेल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:35, 20 अगस्त 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=गब्रिऐला मिस्त्राल |अनुवादक=सुम...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

उनलाई फेरि भेट्न
के, अब कहिल्यै हुँदैन र?
मुस्कुराइरहेका ताराहरूले भरिएको रातमा
मिर्मिरेको मधुर उज्यालाका बीच
वा समर्पणका साँझहरूमा पनि हुँदैन र?
 
अथवा खेतबारी वरिपरि बेरिएको
कुनै उदास बाटाको किनारमा
वा जूनेलीले चम्काएको कम्पित फोहराको बिटमा
पनि हुँदैन?
 
उनलाई नामले बोलाउन खोज्दा
जहाँ रातले मलाई उछिनेको थियो
के ती घना रेशमी जङ्गलका केशमुनि
वा मेरो रुवाइको प्रतिध्वनि फर्काउने
गुफाभित्र पनि हुँदैन?

अहँ, उनलाई फेरि भेट्न
ठाउँले कुनै अर्थै राख्दैन।
स्वर्गको तलाउ होस्‍
वा उम्लिरहेको तेल;
शीतल जूनेलीको ओत होस्‍ वा
ओठमुख सुकाउने त्रासको छाया !
 
उनीसँग हुँदा...
बाँधिइन्छन्‍ समस्त वसन्त र हिउँदहरू
पीडाको एउटै माला भएर
उनको गला वरिपरि!