Last modified on 20 अगस्त 2020, at 16:39

दुखित आमा / गाब्रिएला मिस्ट्रल / सुमन पोखरेल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:39, 20 अगस्त 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=गब्रिऐला मिस्त्राल |अनुवादक=सुम...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

सुत मेरो प्यारो, सुत !
निश्चिन्त सुत।
मेरो मन नसुते पनि
मैले थकाइ नमारे पनि
तिमी नडराई सुत।
 
निदाऊ, निदाऊ!
रातमा तिमी चटपटाउँदाका आवाजहरू
दुबोका मुनाका सुसेलीभन्दा मृदुल होउन्
रेसमी भुवाका कम्पनभन्दा मधुर होउन्।
 
मेरो रगत तिमीभित्र निदाओस्
मेरा चिन्ताहरू, मेरा छटपटीहरू तिमीमा निदाउन्
मेरा आँखाहरू तिमीमै चिम्लिइउन्
र मेरो हृदय
तिमीमै निदाओस्।