एकजना वृद्ध
किताब बोकेर हातमा
निस्किए आफ्नो घरबाट।
एउटा जर्मन सिपाहीले
खोस्यो उनका किताब
र फ्ल्यालिदियो हिलामा।
वृद्धले
उठाए किताबलाई हिलाबाट।
अनुहारमा हिर्कायो सिपाहीले उनलाई।
वृद्ध पछार्रिए जमीनमा,
एक लात्ती हान्यो र हिँड्यो सिपाही।
पल्टिरहे ती वृद्ध मानिस
रगत र हिलामा।
र आफूभित्र किताबैकिताब भएको अनुभूत गरे।