Last modified on 20 अगस्त 2020, at 20:10

ठट्टा कविता / महमुद दरविस / सुमन पोखरेल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 20:10, 20 अगस्त 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=महमूद दरवेश |अनुवादक=सुमन पोखरेल...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

जुन दिन मेरा शब्दहरू
धर्ती थिए
म गहूँका छ्वालीहरूको मित्र थिएँ ।

जुन दिन मेरा शब्दहरू
रिस थिए
म नेल र साङ्लीहरूको मित्र थिएँ ।

जुन दिन मेरा शब्दहरू
ढुङ्गा थिए
म खोलाहरूको मित्र थिएँ ।

जुन दिन मेरा शब्दहरू
एउटा विद्रोही थिए
म भूकम्पहरूको मित्र थिएँ ।

जुन दिन मेरा शब्दहरू
तिता स्याउ थिए
म आशावादीहरूको मित्र थिएँ ।

तर जब मेरा शब्दहरू मह भए
झिँगाहरूले
मेरा ओठ ढाकिदिए ।