झ्याउरे भजन / ज्ञानदिल दास
गंगाको सिमा यो रानी भिर्मा--
फुल्फुल्यो गोग्यानी।
नौविसे भेडी भड्षाला परे--
भै गयो जोगिनी।
हिराको दर्बार सुनं गरिपर्वर--
भै गयो जोगिनी॥१॥
गुरुको दया परानी पायौ
निधार झल्कायौ।
देख्न र सुन्न क्य पनि छन--
मन मात्र पल्कायौ॥
हिराको दर्बार सुन गरिपर्वर--
मन मात्रै पल्कायो॥२॥
गंगाको सरन् भेडीको चरन्--
नुन खानु कुत्तिको।
हिर्दय चिरी ज्ञान् बताई दिने--
को होला उत्तिको?
हिराको दार सुन गरिपर्वर--
को होला उत्तिको? ॥३॥
फटिकको षम्चा वैरागी जम्मा--
यो रूमजा टारेमा।
हिर्दय चिरी ज्ञान बताई दिउँला--
सुस्मको सारैमा॥
हिराको दरवार सुन गरिपर्वर--
सुस्मको सारैमा॥४॥
उकाली ज्यानको चप्लेटी ढुंगो--
फकिरको बिसाउनी।
त्रिवेनी माथि फकिरको ताँती--
षुल्योहै निसानी॥
हिराको दर्बार सुन गरिपर्वर--
पुल्यो हे निसानी॥५॥
जोगीको बानी धुनी र पानी--
रामजीको चाकर।
सतगुरुजीले लो देषाइ दिये--
मुक्ति ज्ञान सागर॥
हिराको दर्बार सुन गरिपर्वर--
मुक्ति ज्ञान सागर॥६॥
धुनीका छेउछाउ टक्रयाक र टुकुक--
जोगी ज्यान् बसेको।
निधार भरी फुस्रै र धुस्रै--
षरानी घसेको॥
हिराको दर्वार सुन गरिपर्वर--
षरानी धसेको॥७॥
यो रूम्जा टार्को कोदाको पिठो--
निर्गुनको दाऊन।
धर्म र कर्म गुरूङ्ले गर्यो--
छक्पर्यो बाहून॥
हिराको दर्वार सुन गरिपर्वर--
छक्पर्यो बाहून॥८॥