Last modified on 21 अगस्त 2020, at 20:15

हामी समुद्रजस्तै थियौँ / रिता साञ्चियोनी / सुमन पोखरेल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 20:15, 21 अगस्त 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=रिता साञ्चियोनी |अनुवादक=सुमन पो...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

हामी समुद्रजस्तै थियौँ
त्यसको झगडा गर्ने जङ्गली ढङ्ग
हामी साँझमा किनारमा फर्किन्थ्यौँ
समुद्री सीपीले सुनाउने कथा सुन्नका लागि
र सन्तुलित भएर झुन्डिएका जूनहरू
(हरेक पल्ट कति धेरै जूनहरू...)
हरेक पाइलामा भित्रको समुद्र फर्किन्थ्यो
ह्वेलमाछाको झैँ निश्वास
छालामा बडेमानका परी कथाहरू
गृष्म नबोलाउने भनेर फर्किएका छालहरूका
संवेदनशिल साँधबाट पार गर्दथे पाइलाका हरेक डोबहरू

हामी आफैँ ऐनाभित्र फर्कियौँ
एउटा स्थिर चित्र भएर ।
सेता उडानका तरङ्गहरू
हामीलाई सुगन्ध र लवण अनुभूत गराउन आउँछन्,
जीवनका सुगन्ध र लवणहरू ।
यसबेला हामी
माथि जाने, तल ओर्लने, रोकिने
निद्रामा भएको कम्पनजस्तो हलुँगो
उही छाल भएका छौँ ।

...........................................................................
(मूल इटालियनबाट मार्गारेट स्येनले गरेको अङ्ग्रेजी अनुवादबाट सुमन पोखरेलद्वारा नेपालीमा अनूदित)