भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

ऐनामा देखिएको प्रतिविम्व / मोहम्मद अलरामादी / सुमन पोखरेल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 20:24, 21 अगस्त 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=मोहम्मद अलरामादी |अनुवादक=सुमन प...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

जब म तिम्रा बारेका सोच्दछु
र सधैँ सोचिरहन्छु पनि,
म ऐना हेर्ने गर्दछु
र मेरो मुटुमा गोली हान्दछु
ता कि
म भुतुक्कै मरिजाऊँ
र तिम्रा बारेमा अरू धेरै सोच्नु नपरोस् ।


म बाँचिरहन चाहन्छु
जबसम्म तिमीलाई मुक्त गर्दिनँ,
जसले मभन्दा पहिले तिमीलाई बलजफ्ती माया गर्‍यो
त्यसको पकडबाट मुक्त गरेर मात्र
मर्न चाहन्छु म ।