Last modified on 21 अगस्त 2020, at 22:16

धैर्य / युलिया घेरगेई / सुमन पोखरेल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 22:16, 21 अगस्त 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=युलिया घेरगेई |अनुवादक=सुमन पोखर...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

रातको सुकोमल मखमली तापमा पग्लिँदै,
आगामा फ्याँकिएको फोटो जसरी
तिम्रा सपनाभित्र पग्लिँदै,
तिम्रो हृदयको मरूभूमीमा आँशु जसरी पग्लिँदै,
अलकत्रालाई स्पर्श गर्दै
बाटाका धूलामाथि थोप्लाथोप्ला भएर पोखिँदै गरेको
तिम्रो अतितजस्तै विस्मृत भइसकेको वर्षा जसरी पग्लिँदै,
हिउँ चितुवाको नाकमा जमेको हिउँ झैं पग्लिँदै,
मेरो निष्ठाको प्रत्येक अंशमा सम्पूर्णताले पग्लिएर
पर्खिरहन्छु म ...