Last modified on 22 अगस्त 2020, at 14:27

गुमेको यौवन / अजिता गहरमन / सुमन पोखरेल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 14:27, 22 अगस्त 2020 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

के भनिरहेछौ तिमी
त्यस्ता हरिया शब्दमा ?
के वसन्त नाङ्गै भएर
मेरा अस्थिभित्र चलमलाओस् भन्दैछौ?
केही बितेर गयो,
ज्वालाजस्तो कुनै चिज निभिसक्यो...
र हामी नग्न छौँ
यो भत्किएको दलिनमुनि ।

तारा चर्किएका हाम्रा गोडामा बेरिएका छन्
उघ्रिएको रात
र खसेको कालो सिल्क।
आफ्ना चाउरी परेका हातमा हेर्छु म,
र झलक्क हेर्छु आफ्ना बुढिएका हत्केलामा
अनि एकाएक थाह पाउँछु यी सबै कुरा ।