Last modified on 22 अगस्त 2020, at 15:25

घरको कथा / लेलेह हमदानी / सुमन पोखरेल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:25, 22 अगस्त 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=लेलेह हमदानी |अनुवादक=सुमन पोखरे...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

मेरी आमाको अहिलेको तात्तातो रहर
गाउँको बुद्ध विहारमा गएर जूनको उज्यालामा रमाउनु...

एक दिन वहाँले सबैकुरा त्याग्ने निर्णय गर्नु हुनेछ
र एउटा भिक्षुसँग भाग्नु हुनेछ

वहाँ छिट्टै दिक्क हुनु हुनेछ
पत्ता पाउनु हुनेछ
भिक्षुहरू ब्रम्हचारी हुन्छन् भन्ने

वहाँ घर फर्किनु हुनेछ बुवासँगै बस्नका लागि
जो भर्खर ब्यूँझनु भएको हुनुहुनेछ,
दिउसोको सुताइपछि‍
आमालाई सोध्नु हुनेछ बाले- “जाऔँ, एकछिन बाहिर घुमेर आउने हो?”

बिचरा बुवाले कहिल्यै थाह पाउनु हुने छैन

आमा कतिपल्ट धर्म फेरेर
ऊसँग भागिसक्नु भयो
दिउसो वहाँ निदाएको बेलामा भनेर ।