Last modified on 23 अगस्त 2020, at 20:58

एउटा रहस्य / जरागनहल्ली शिवशङ्कर / सुमन पोखरेल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 20:58, 23 अगस्त 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=जरागनहल्ली शिवशङ्कर |अनुवादक=सु...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

मैले रेलमा यात्रा गरेँ
इन्जिन चलाउने ड्राइभर
केवल दुईतीन डिब्बापर्तिर
अदृष्य थियो मबाट ।

मैले हवाइजहाजमा यात्रा गरेँ
कयौँ फन्का लगाएँ आकाशमा
तर पाइलट
मेरो दृष्टीको पहुँचभन्दा पर थियो ।

अनि कसरी देख्न सक्नु मैले
ब्रह्माण्डको चालकलाई चाहिँ?

म आफ्नो यात्रामा मग्न छु
ऊ आफ्नै कर्तव्यमा व्यस्त छ ।