भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

गाउँछौ किन ? / जनार्दन सम

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 20:08, 4 सितम्बर 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=जनार्दन सम |अनुवादक= |संग्रह=हिमा...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

गाउँछौ किन गीत, भन्दै सोध्छ्यौ मलाई ए वियोगिनी !
सुप्तमन जगाउन गाउँछु, सुन लौ ए अभिमानिनी !

तिमी पो जगको वास्ता लिन्नौ आँखा चिम्ली सपना देख्छ्यौ
यहाँ त नित्य पसिना बग्छन् चल्छन् गुनिला हातहरू ।
विरह निभाउन गाउँछु, सुन लौ ए अभिमानिनी !
 
तिमी पो आफ्नो विरह उठाई संसारलाई असार देख्छ्यौ
फूल यहाँ फुल्छन् सुगन्धी धानका बाला झुक्तै झुल्छन्
सम्बन्ध जुटाउन गाउँछु, सुन लो ए वियोगिनी !
 
तिमी पो प्रणयको गिल्ला गछ्यौ मद उकेली फोड्न मेरो वीणा
भग्नहृदयको झन्कार सुनेर रुने पनि ता छन् यस जगत्‌मा
अश्रु-अमृत झार्न गाउँछु, सुन लो ए अभिमानिनी !
 
तिमी पो विरागबहाना झिक्छ्यौ रीस रागले रंगिरहन्छ्यौ
यहाँ त हितका सुर सुनिन्छन्, राग भरेका हावा बज्छन्
अनुराग छर्न म गाउँछु, सुन लो ए वियोगिनी !

गाउँछौ किन गीत, भन्दै सोध्छ्यौ मलाई ए वियोगिनी !
सुप्तमन जगाउँछु, सुन लौ ए अभिमानिनी !

................................................
मेरो अपराध-बाट, १०१२