भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आँधीमा / श्यामदास वैष्णव

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:56, 12 अक्टूबर 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=श्यामदास वैष्णव |अनुवादक= |संग्रह...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


रोक कोही रोक्न खोज,
यो महाघनघोर आँधी

हेर तूफानी उपद्रो वेग हावामा बढेको!
हेर विश्व डगमगाई गडगडाहट उर्लिएको !
हेर सनसन मात्तिएको ली हुरीले अन्धवेग |
हेर हुँडली स्थिति गएको नचल्ने स्थिर डेग ?

छौ कुन साहस भिरेका
वीर बलवान् शक्तिवाला?
अघि बढी संहार थाम
हेर जीवन थाम चाला !

रूख, छाना, पथ, लतादि सब बढारी
टिक्न नदिई सामु केही त्राहि त्राहि जीव पारीे
हेर आँधीब्यारी आई लग्न लाग्यो सब उडाई
हेर यो उल्का बढेर खान लाग्यो सकललाई ।

ए, कुन छो ता थमाऊ
यो प्रकृतिको कोप-ज्वाला!
नत्र त निमिट्यान्न पारी
नाशले सब चीज खाला।

यो अलच्छिन, छ आँधी पीर बाधाको अनादि
रोक्नलाई बढ्न मानिस, यो हुरी मात्तिन्छ ज्यादी!
कति परिश्रम, कात पसीना, कति गरेको सिर्जना यो
बाग महल र शहर राम्रो यो हुरीले लान लाग्यो।

सक्तछौ, भन सक्तछो के
किन त्यसै लाचार बस्छौ।
अन्धभक्त बनेर मानिस
किन दबीकन भिन्न पस्छौ ?

हा! समयको बाधा रोक्ने छैन रे, छन् युक्तिवाला
सब हुँदा लाचार रे'छन् प्रलयको डरमा हवाला
के तिमी उपकार गर्ने ? के तिमी स्याहार गर्ने ?
खालि फोस्रो धाक रे'छ बल र तागत के रहेछ !

लड्न आँधीसित गएर
विजयसाथ डटी अगाडि
यो अशान्ति रोक मानिस
शाति पारी शान गाडी !