Last modified on 5 नवम्बर 2020, at 15:02

भए हुने थियो / नयराज पन्त

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:02, 5 नवम्बर 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= नयराज पन्त |अनुवादक= |संग्रह= }} {{KKCatK...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


सानो क्षुद्र लिएर भित्र मुटुमा उद्देश्यको नीचता,
नाच्ने दुच्छर यो स्वभाव मनको हट्तै गए दूरता ।
हामी सत्ययुगी प्रपञ्चतिरको सारा कुरा बुझ्दथ्यौं,
सच्चा त्यो इतिहासको पनि सबै पत्ता त्यसै लाउँथ्यौं ॥
(१)
थोरै काम गरेर धेर फलको इच्छा लिने केवल
यो यौटा मति मात्र नै हुन' गए हाम्रो यहाँ बेगल।
सारा दुःखहरु त्यसै मनमनै दुःखी भई बस्तथे
यो पृथ्वीकन देवता पनि सबै सत् स्वर्ग नै ठान्दथे ॥
(२)
के होला यसले पछाडि' यतिको सोची विचारीकन ।
सर्‍यौँ ता दृढता लिएर बलले रोकेर आफ्नो मन ॥
सारा न्यायविभाग नै भुवनमा उड्ने अवश्यै थियो ।
'यो अन्याय भयो, भनेर अनि ता को मूर्ख चिच्च्याउँथ्यो ?
(३)