भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मेरो हिजो, आज र भोलि / मनप्रसाद सुब्बा

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 22:51, 2 दिसम्बर 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=मनप्रसाद सुब्बा |संग्रह= किनाराक...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

तिनीहरूले मेरो हिजोलाई
टुक्रा टु क्रा
पारेर
हावामा हुऱ्याइदिएका थिए

तर ती टुक्राहरू जहाँ-जहाँ खसे
त्यहीँ-त्यहीँबाट लहरा उम्रेर
एक-अर्कासित गाँसिए
र फेरि
उही यौटै हिजो भइउठे


मेरो आजलाई
बर्चहिलको जूभित्रै राखेर
तिनीहरू
सिजनमा रमिता हेर्न आउँछन्


अरे ! मेरो व्याकरण कितापबाट
भविष्यत् कालको पृष्ठ
कसले काटेर लग्यो हँ  ?


भो, जिद्दी नगर्नोस्, महाशय !
यो बीउ भोलि उमार्न राखेको
कुनै कीमतमा बेच्दिनँ


हेर्छु, मेरो भोलिलाई
कुन बलात्कारीले कोठरीमा थुनिराख्दोरहेछ
आखिर, मालसिरी पढेर निस्केको छु
म खड्कबहादर विष्टको खुकुरी,
हान्छु गर्दनमा !

(२ सेप्टेम्बर २००८)